नियम २९
विवाद समाधान गर्न निवेदन दिन सक्ने
(१) मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्था वा स्थानीय निकायबाट विवाद समाधान गर्न चाहने पक्षहरुले सो प्रयोजनको लागि अनुसूची–११ बमोजिमको ढाँचामा त्यस्तो संस्था वा स्थानीय निकाय समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको निवेदन विवादको कुनै एक पक्षले मात्र दिएको भए मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्था वा स्थानीय निकायले निवेदन परेको सात दिनभित्र विवादसँग सम्बन्धित निवेदन नदिने अर्को पक्षलाई झिकाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिमको अवधिभित्र विवादको अर्को पक्ष उपस्थित नभएमा वा उपस्थित भए पनि मेलमिलापको प्रक्रियाबाट विवाद समाधान गर्न सहमत नभएमा मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्था वा स्थानीय निकायले त्यस्तो विवादको समाधान गर्ने सम्बन्धमा प्रारम्भ
गरिएको कारवाही अन्त्य भएको निर्णय गर्नु पर्नेछ ।